शिक्षत बेरोजगार घटाउन ज्ञवालीको उम्मेदवारी !

0
1086

फागुन १६ काठमाण्डौ । नेपाली काँग्रेसको आशन्न महाधिबेशन मार्फत केन्द्रीय नेतृत्वमा जान चाहने महत्वकाँक्षीहरुको संख्या उल्लेख्य देखिएको छ । करिव ३२ सय महाधिबेशन प्रतिनिधि मध्ये ७ सय जतिले उम्मेदवारी दिने भएका छन् । यसमा बिभिन्न क्षेत्रको लागि निर्धारण गरिएको आरक्षणको कोटा देखि खुला सम्मको उम्मेदवारी पर्ने देखिएको हो । आज सम्ममा करिव ५ सयको संख्यामा उम्मेदवारी घोषण भैसकेको छ भने संस्थापन र देउवा दुबै प्यानलबाट उम्मेवारी घोषण गर्ने अन्तीम तयारी भैरहेको छ । यहि बिचमा बौद्धिक बर्गको तर्फबाट नेपाल शिक्षक संघका पुर्व अध्यक्ष मोहन ज्ञवालीले पनि केन्द्रीय सदस्यमा खुला तर्फबाट उम्मेदवारी घोषण गर्नु भएको छ ।DSC00360 शिक्षा क्षेत्रको बृहत्तर बिकास गर्दै सिद्धान्तलाई ब्यबहारमा लागु गर्ने प्रतिबद्धताका साथ ज्ञवालीले उम्मेदवारी घोषणा गर्नु भएको हो । ४० बर्षको राजनीतिक योगदानको कर गर्दै बौदिकताको सम्मानका लागि पनि आफु केन्द्रीय सदस्यमा जानै पर्ने उहाँको भनाई छ । लामो समय नेपाल शिक्षक संघको अध्यक्ष रहँदा आफुले गरेका शैक्षिक परिवर्तनका मुद्धालाई नीतिगतरुपमा ब्यबस्थित गराउन सकेमा मात्रै देशमा शैक्षिक बेरोजगारहरुको संख्यामा कमी ल्याउन सकिने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।