फागुन २० काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले आज आफ्नो उमेद्वारी घोषणा गर्ने भएका छन्। देउवाले आफ्नो उमेद्वारी घोषणा पार्टी कार्यालय सानेपामा विहान ११ वजे गर्न लागेका हुन्। उमेद्वारी घोषणा कार्यक्रममा समुहको तर्फबाट महामन्त्री र कोषाध्यक्षको उमेद्वारी पनि घोषणा हुने नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले जानकारी दिनु भएको छ । देउवा समुहका तर्फबाट महामन्त्री अर्जुननरसिंह केसी को पनि उम्मेदवारी घोषण हुने छ भने अन्य पदको टुङगो लागि सकेको छैन ।
हिजोमात्रै रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले उमेद्वारी घोषणा गरेका छन।
बुधवार नै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनका लागि समूहसहित सभापतिको उम्म्द्वारी घोषणा गर्नु भएको छ। काठमाडौंको बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सिटौलाले उम्मेद्वारी घोषणा गर्नु भएको हो सिटौला टिमको महामन्त्रीमा युवा नेता गगन थाापाको उम्मेदवारी परेको छ भने अन्यको टुङगो लाग्न सकेको छैन । कांग्रेसको महाधिबेशन आजबाट राजधानमिा सुरु हुँदै छ ।