काँग्रेस महाधिबेसनको सम्पुर्ण तयारी पुरा, भब्यरुपमा सफल पार्न कार्यकर्तालाई आग्रह ।

0
351

फागुन २० काठमाण्डौ । नेपाली काँग्रेसको १३औं महाधिबेसन आज बाट राजधानिमा सुरु हुँदै छ । आज मध्यान्न १२ बजे महाधिबेसनको औपचारीक उद्धघाटन गर्ने कांग्रेसले जनाएको छ । राजधानिको भृकुटिमण्डपमा सुरु हुने महाधिबेसनमा भाग लिन देश बिदेशबाट ३२ सयको संख्यामा प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।
पार्टि सभापति शुशिल कोइरालाको आकस्मिक निधन पछि पार्टी नेतृत्व कस्ले लिने भन्ने अन्योलको अन्त्य गर्दै नयाँ नीति समेत यस महाधिबेसनले अबलम्बन गर्ने भएकाले नेताकार्यकर्ता यति बेला आ आफ्ना नेताहरुको प्रचारमा ब्यस्त देखिउका छन् । महाधिबेशन स्थल पुरै उम्मेदवारहरुको ब्यानरले ढाकिएको छ भने महाधिबेशनको सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेसलृे जनाएको छ ।