उपसभापति बन्ने सर्तमा सुजाताले छाडिन् सभापतिको दावि !

0
601

फागुन २० काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाताकोइरालाले सभापतिको उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टी संकटमा भएकोले रामचन्द्र पौडेललाई समर्थन गर्ने भन्दै कोईरालाले आफ्नो सभापति पदकालागि दिएकी उम्मेद्वारी फिर्ता लिनु भएको हो ।

हिजोमात्रै कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडानमा रहनु भएकी कोइरालाले संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेल सँग गोप्य सम्झौता गर्दै उम्मेदवारी फिर्ता लिनु भएको हो । कोईरालाले आफु अब केन्द्रिय सदस्यमा उठ्ने र पौडेल प्यानललाई सहयोग गर्ने उद्ध्घोष गर्नु भएको छ । पौडेलले आफु सभापति भए कोइराललाई उपसभापति बनाउने बचन दिनु भएको छ ।