देउवाद्धारा उम्मेदवारी घोषणा,प्रस्तावकमा कुलबहादुर गुरुङ समर्थकमा खुम बहादुर खड्का !

0
789

फागुन २० काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले१३औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेद्वारी घोषणा गर्नु भएको छ । देउवाको प्रस्तावकमा कुलबहादुर गुरुङ हुनु हुन्छ भने समर्थकमा खुम बहादुर खड्का रहनु भएको छ । उम्मेदवारी घोषण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कुनै पनि कार्यकर्तालाई पार्टी छोड्नु पर्ने अवस्था आउन नदिने आफ्नो प्रतिबद्धता भएको बताउनु भएको छ । सो अवसरमा उहाँले सन्त नेता कृष्ण प्रसाद भट्टराईले पार्टी छाड्नु परेको क्षणको स्मरण गर्दै उहाँले आगामी दिनमा कुनै पनि कार्यकर्ताले पार्टी छाड्नु नपर्ने दाबी गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता देउवाले नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने मात्र नभई समग्र देश एक ढिक्का बनाउने जिम्मेवारी लिने दावी गर्नु भयो । देउवाले ‘पार्टी र राष्ट्रीय एकता बलियो बनाउने आफ्नो दायित्व भएको बताउनु भएको छ । देउवाले आफुसँग निर्णय गर्ने क्षमता र आँट दुबै भएकाले आफ्नो नेतृत्वमा मात्रै पार्टी एक ढिक्क हुने ठोकुवा गर्नु भयो । सहमतीका साथ नयाँ नेतृत्व चयन गराउन आफुले गरेको प्रयास बिफलभए पछि आफु उम्मेदवारी घोषण गर्द बाध्य भएको भन्दे आफुले सबैलाई मिलाएर लैजाने जिकिर गर्नु भयो । देउवा पक्षबाट महामन्त्रीमा अर्जुन नरसिंह के सी तथा कोषध्यक्षमा चित्रलेखायादवको पनि उम्मेदवारी घोषण भएको छ ।