प्रदिप पौडेललाई मत माग्न रोबोटको प्रयोग !

0
622

फागुन २० काठमाण्डौ । नेपाली काँगग्रेसको आजबाट सुरु भएको १३औं महाधिबेसनमा आफ्नो पक्षलाई जिताउन बिभिन्न प्रयास भैरहँदा प्रदिप पौडेलको प्रचारमा भने नयाँ प्रबिधिको प्रयोग गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रोबोटको प्रयोग गरि मत माग्ने बिधिको सार्वजनिक गरिएको छ । रोबोटले कांग्रेसको महाधिबेसन स्थलमा ध्वनि सहित मत माग्ने बिधि इन्जिजियरिङका बिद्यार्थीहरुले आविस्कार गरेका हुन । राजधानिका बिभिन्न कलेजमा अध्यनरत बिद्यार्थीहरुले प्रदिप पौडेललाई जिताउन पौडेलकै आग्रहमा रोबोट बनाएका हुन् । यस्का अलावा एस एम एस लगायत सामाजिक सञ्जालको प्रयोग मार्फत पनि मत माग्ने गरिएको छ ।