फागुन २२ काठमाण्डौ । नेपाली कांग्रेशको जारी १३औं महाधिबेशनबाट पार्टीले आगामी दिनमा अंगीकार गर्ने नीति र नेतृत्व चयन प्रकृया जारी रहेको छ । आजको बन्द सत्रमा बोल्ने अधिकाँस प्रतिनिधिहरुले पार्टीको नीति प्रति आपत्ति जनाएका छन् । महाधिबेशन प्रतिनिधिहरुको असन्तुष्टिका बिच कार्यबाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा बनाईएको नीति पास गर्ने तयारी अन्तीम चरणमा पुगेको छ । नीति तथा कार्यक्रम माथिको छलफलमा जिल्ला सभापतिहरुलाई मात्रै धारण राख्न दिइएको थियो । जसमा अधिकांश सभापतिहरुले पार्टी नेतृत्व सक्षम नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।
त्यस्तै महामन्त्री कृष्ण प्रसाद सिटौैलाको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन पनि पास गर्ने तयारी भएको छ । महामन्त्रीको प्रतिबेदनमा संबिधान सभाको दास्रो निर्वाचन देखि संबिधान जारी गर्दा सम्म पार्टीले प्राप्त गरेका उपलब्धिलाइ समेटीएको छ । आजको बन्दसत्रले तीन वटै प्रतिबेदन स्विकृत गर्ने छ भने पार्टीको बिधान शुक्रवार नै पास भैइसकेको छ ।
निर्वाचनका लागि निर्वाचन समितीले अन्तीम नामावली समेत प्रकाशन गरि सकेको छ । भोली बिहान ८ बजे बाट नयाँ नेतृत्वका लागि मतदान गर्ने निर्वाचन समितलिे जानकारी गराएको छ । नेतृत्वको होडबाजीमा नेताहरुको आकर्षण बढेकाले यस पटककोकांग्रेसको कार्य समिती कस्तो बन्छ भन्ने प्रतिनिधिले समेत अनुमान लगाउन सकेका छैनन् । सभापतिमा संस्थापन पक्षबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनु भएको छ भने देउवा पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिनु भएको छ । त्यसै गरि युवा पुस्ताको नेतृत्वको दावी गर्दै कृष्ण प्रसाद सिटौला पनि चुनावी मैदानमा रहनु भएको छ । सिटौला समुहले जुन पक्षलाई समर्थथन गर्छ सोही समुहले नेतृत्व लिने अधिकाँसको बुझाई रहेको छ । यदि त्रीपक्षीय प्रतिस्पर्धा भए शेरबहादुर देउवाले बाजी मार्ने आंकलन गरिएको छ ।