अब मधेशमा अकल्पनीय आन्दोलन : यादव

0
533

बिकास अग्रवाल रौतहट, २५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ । अध्यक्ष यादवले सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने चेतावन दिनुभएको छ ।
आज बिहान रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले सरकारसंग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको पनि बताउनुभयो । उहाँले जबसम्म संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट गर्नुभयो ।
विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वरिष्ठ नेता अशोक राईको पनि उपस्थिति थियो ।