नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेर बहादुर देउवा धेरै लामो संघर्ष पछि नेपाली कांग्रेसको नेतृत्व सम्हाल्न सफल हुनु भएको छ । राजधानीमा सम्पन्न १३औं महाधिबेशनबाट रामचन्द्र पौडेललाई ५२६ मतले उछिन्दै देउवा सभापति बन्नुभएको हो । २०४८ साल देखि राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भएका देउवा कांग्रेस भित्रका प्रतिपक्षिको रुपमा निरन्तर लागि रहनु भयो जस्को फल स्वरुप उहाँ नेपाली काँग्रेसको सर्वेच्च पदमा पुग्न सफल हुनु भयो । सभापतिमा देउवाको बिजय सँगै अब नेपाली काँग्रेसले नयाँ मोड लिने बिश्वास गरिएको छ । साथै देउवाले अबको दुई कार्यकाल पार्टी कब्जा गर्ने पनि विश्लेषण गरिएको छ ।
सभापति देउवाले राजनीतिमा आफुभन्दा पाका रामचन्द्र पौडेललाई पराजीत त गरे तर उनलाई वरिष्ठ नेताको रुपमा मात्रै राख्ने वा सम्मान पुर्वक अन्य स्थान दिएर आगामी दिनमा पौडेलको समर्थनमा पार्टी हाँक्ने भन्ने चुनौती देखिएको छ । त्यसै गरि पौडेल खेमाबाट चुनावि प्रतिस्पर्धाबाट हारेकाहरुलाई समेट्दै पार्टीमा जरो गाडेर बसेको ६० ४० को भागबण्डा अन्त्य गराउन पनि चुनौती रहेको छ । कार्यकर्ताले बिश्लेषण गर्न थालेका छन अब काँग्रेस सत प्रतिसत हुन्छ या हुँदैन । केहिले अब काँग्रेस देउवामय हुने हुँदा अन्यको राजनीतिक भविष्य सकएिको टिप्पणी पनि गर्न थालेका छन् । अर्को तर्फ उनि छिमेकी भारतसँग भन्दा अमेरीका सँग नजिक रहेकाले देउवाको कार्यकालमा नेपालमा धेरै परिवर्तन हुन नसक्ने भन्दै उनले धेरै समय पार्टी चलाउन नपाउने बिश्लेषण पनि हुन थालेको छ । बिगतमा पार्टी फुटाउँदा समर्थन गर्नेहरु र हाल संस्थापन पक्षबाट आएका नवआगन्तुकहरुलाई मिलाउन पनि देउवालाई गाह्ै पर्ने देखिन्छ । यो सँगै अब संस्थापन पक्षको रणनीतिले पनि देउवाको गति निर्धारण गर्ने छ ।