मधेशी मोर्चाले दियो प्रधानमन्त्रीलाइ एक महिने अल्टिमेटम !

0
521

काठमाडौं फागुन २८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना माग सम्बोधन गर्न एक महिने अल्टिमटेम दिएको छ ।मधेसी मोर्चाका नेताहरुले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उसले आफ्ना मागहरु ७२ साल भित्र पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।मधेसी मोर्चाको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आजै साँझ अर्को वार्ता प्रस्ताव गरेका छन् । साँझको वार्तामा कानुनमन्त्री अग्नि खरेल, गृहमन्त्री शक्ति बस्नेत र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई बोलाइएको छ ।११ बुँदे माग राख्दै झण्डै छ महिना आन्दोलन गरेको मधेसी मोर्चाको आन्दोलन हाल सिथिल बनेको छ ।