कांग्रेसको मत गणना जारी,खड्काको अग्रता कायमै

0
520

फागुन २८ काठमाण्डौ । नेपाली कांग्रेसको दलित, महिला र जनजाति कोटाका केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । मतगणना ढिला हुने भएपछि आज पाँच स्थानमा छुट्टाछुट्टै गणना सुरु गरिएको छ ।
दलित कोटाबाट ३ पुरुष २ महिला, महिला कोटामा ६ जना, जनजाति कोटाबाट ३ पुरुष र २ महिला निर्वाचित हुनेछन् । उनीहरुको नतिजा आजै आउने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ ।
खुलातर्फको केन्द्रीय सदस्यको मतगणना पनि जारी छ । ४ सयसम्मको मतगणनामा खुमबहादुर खड्काले अग्रता लिनुभएको छ ।
खुलातर्फ २५ जना केन्द्रीय सदस्यका लागि ९० जना उम्मेदवारले प्रतिस्पर्धा गरेका कारण मतगणनामा सबै उम्मेदवारले एक एक जना प्रतिनिधि राखेका छन् ।
सबै प्रतिनिधिहरुलाई मतपत्र देखाएर गणना गर्दा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । २१ आरक्षित सीटको मतगणना सकेपछि मात्र प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना गरिनेछ ।
निर्बाचन आयोगमा नयाँ समिति गठन भएको जानकारी अनिबार्य दिनु पर्ने भएकाले कांग्रेसले चैत ३ गते अगाबै मतगणना सम्पन्न गर्नुपर्ने छ ।