सत्यनिरुपण आयोग सक्रिय,बाँदरमुढे घटना अध्यायन गर्दै ।

0
427

फागुन २८ काठमाण्डौ । सत्यनिरुपण तथा मेलमलिाप आयोगको टोलीले चितवनको बाँदरमुढे घटना अध्ययन शुरु गरेको छ । द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनामध्ये प्रमुख रूपमा आउने बाँदरमुढेको अवस्था बुझ्न आयोग पदाधिकारी र सचिवको टोलिले घटनास्थल गई अध्ययन शुरु गरेको हो ।
टोलीले चितवन पुगेर हिजो विभिन्न पक्षसँग अन्तरक्रिया गरेको थियो ।
आयोग गठन भएको एक वर्षको अवधिमा पदाधिकारीले विभिन्न जिल्लाका द्वन्द्वग्रस्त स्थान अवलोकन गरिसकेका छन् ।
रामेछापको दोरम्बा, रोल्पालगायत जिल्ला पुगेर आयोग पदाधिकारीले द्वन्द्वमा पीडा भोगेका स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।
सरकारले दुवै आयोगको नियमावली पारित गरेको जानकारी दिए पनि राजपत्रमा प्रकाशन नहुँदा औपचारिक रूपमा उजुरी माग गर्न आयोगले सकेको छैन ।