फागुन २८ पोखरा । पोखरामा आउँदो चैत १ देखि ४ गतेसम्म हुने सार्क मन्त्रिस्तरीय बैठकको तयारी थालिएको छ ।
उच्चस्तरीय बैठकलाई लक्षित गरीे सरसफाइ रङ्गरोगन गरी पोखरालाई राम्रो बनाइएको छ ।
काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र समितिलाई विषयगत रूपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिले सरसफाइको काम गरिरहेका छन् ।