बेलायतसँग सम्बन्ध सुध्रियो : ओबामा

0
570

एजेन्सी फागुन २८ । बेलायतसँग अमेरिकाको विशेषसम्बन्ध रहेको राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।
बेलायति प्रधानमन्त्रीको विदेश नीतिको आलोचनाका बाबजुद ओबामाले बेलायतसँग विशेष सम्बन्ध रहेको दाबी गर्नुभएको हो ।
यसअघि ओबामाले बेलायति प्रधानमन्त्री डेविड क्यामरुनको लिबिया नीतिको आलोचना गर्नुभएको थियो ।
सैनिक हस्तक्षेपपछि बेलायत र फ्रान्सले लिबियालाई अस्तव्यस्त पारेको ओबामाले आरोप लगाउनुभएको थियो ।
उहाँले सन् २०११ मा लिबियामा गरिएको हस्तक्षेपपछि क्यामरुनको ध्यान त्यहाँबाट हटेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एकजना प्रवक्ताले क्यामरन ओबामाले भनेजस्तै अमेरिकाको नजिकको साझेदार भएको र साझा राष्ट्रिय सुरक्षा एवम् विदेश नीति उद्देश्य प्राप्तिबारे बेलायतले पुयाएको योगदानको अमेरिकाले विशेष महत्व दिएको बताउनुभएको बिबिसीले जनाएको छ ।