अमेरिकाले पाकिस्तानलाई f16 लडाकु विमान बिक्रीमा रोक नलगाउने भएको छ ।
लडाकु बिमान रोकसम्बन्धी पेश भएको प्रस्तावलाई अमेरिकी सिनेटले अस्वीकार गरेको हो । सिनेटमा रहेका १ सय सदस्यमध्ये ७१ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सिनेटले नै पाकिस्तानलाई f16 लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेपछि राष्ट्रपति बाराक ओबामाले त्यसमा हस्ताक्षर गर्ने बताइएको छ । अमेरिकी प्रशासनले पाकिस्तानलाई लडाकु विमान बिक्री गर्न दिनुपर्ने अडान राख्दै आएको थियो । पाकिस्तानलाई लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेसँगै अमेरिका स्थित पाकिस्तानी राजदूतावासले आतंकवादविरुद्ध अमेरिका र पाकिस्तानको साझेदारीको नमूना भएको प्रतिक्रिया दिएको छ ।
निर्णयले अमेरिका र पाकिस्तानबीचको सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।