नेदरल्याण्ड र ओमान तथा बंङलादेश र आयरल्याण्ड भिड्दै

0
338

फागुन २८ काठमाण्डौ । आईसिसि टि–ट्वान्टि विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड र ओमान तथा बंङलादेश र आयरल्याण्डबिच प्रतिस्पर्धा हुदैछ ।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा दिउसो सव ३ बजे हुने पहिलो खेलमा नेदरल्याण्ड र ओमानबिच तथा पौने ८ बजे हुने दोस्रो खेलमा बंङलादेश र आयरल्याण्डबिच प्रतिस्पर्धा हुनेछ ।
यसअघि पहिलो खेलमा बंङलादेशले नेदरल्याण्डलाई तथा ओमानले आयरल्याण्डलाई पराजीत गरेको थियो ।
आजको खेलमा बंङलादेश र ओमान बिजयी भएको खण्डमा दोस्रो चरण प्रवेशका लागि अन्तिम खेल निर्णायक हुनेछ ।
यस्तै आजको खेलमा आयरल्याण्ड र नेदरल्याण्ड बिजयी भएको चारै टोलीका दोस्रो चरण प्रवेशको आशा जिवितै रहनेछ ।
यसअघि हिजो भएको खेलमा जिम्बवेले स्कटल्याण्डलाई तथा अफगानिस्तानले हङकङलाई पराजीत गरेको थियो ।
दुई समूहमा विभिजन गरिएका पहिलो चरणमा समूहको शीर्ष स्थानमा रहने दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
यी दुई समुहका विजेताले सुपर टेनमा आईसिसिका पुर्ण सदस्यहरु भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् ।