शान्ति सैनिकबाट हुने यौन हिंसा संबन्धी प्रस्ताव पारित ।

0
700

फागुन ३० काठमाडौ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि खटिने सैनिकबाट हुने यौन दुराचारको समस्या सम्बोधन गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
यौन हिंसाको विश्वसनीय प्रमाण भेटिए सैनिक वा प्रहरी टोली नै फिर्ता पठाउन सकिने राष्ट्रसंघका महासचिव बान की मुनको योजनालाई प्रस्तावले समेटेको छ । un security
सुरक्षा परिषद्का १४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रस्तावले त्यस्ता शान्ति स्थापक सैनिक, जो यौन शोषणका दोषी हुन ती शान्ति स्थापना मिसनमा काम गर्न योग्य छैनन् भन्नेमा जोड दिएको छ ।केही मुलुकले भने सामूहिक सजायका कारण निर्दोष सैनिक समेत त्यसको मारमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । गएको वर्ष राष्ट्रसंघका विभिन्न १० वटा शान्ति मिसनमा बालबालिकामाथि बलात्कार र यौन दुराचारका ६९ वटा आरोपहरु लगाइएका थिए ।