उदयपुरमा तिन दिन अघि लागेको आगो अझै नियन्त्रण बाहिर,५०० घर आगोको जोखिममा ।

0
1966

फागुन ३० उदयपुर, । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासीले बताएका छन् ।aago
फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ नजिक आइ पुगेको छ ।
आगो अहिले फुलजोर क्षेत्रमा झन्डै १० किमी जङ्गलको क्षेत्रफलसम्म चारैतिर फैलिएका कारण ५०० घर आगलागीको जोखिममा परेको स्थानीयले बताएका छन् ।
आगो गाउँलेले नियन्त्रण गर्न कठिन भएका कारण अहिले तीन गाउँ क्षेत्र आगलागीको जोखिममा परेको छ ।’
अहिलेसम्म आगो नियन्त्रणमा जिल्ला वन कार्यालय र स्थानीयवासीको समेत पहल भएको छैन ।
स्थानीयवासीले नै वन जङ्गलमा गएर गाई वस्तु चराउने सुर्ती, बिँडी पिउने र लापर्बाही तथा मनपरी आगो फाल्ने गरेका कारण आगलागी भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।