चक्रपथमा आज देखि डिलक्सबस सञ्चालनमा आउने ।

0
1014

फागुन ३० काठमाडौं । राजधानी चक्रपथमा आजदेखि टेलिभिजन र वाईफाई सुविधासम्पन्न मेट्रो बस संचालनमा आउने भएको छ । १६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो । बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सहज हुने महानगर यातायातले अनुमान गरिएको छ।
लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् ।metro bus
बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ।
यस यातायात सेवा र मोवाइल एप्सको आईतबार दिउँसो २ बजे औपचारीक उद्धघाटन गरिने महानगर यातायात प्रालीका सन्तोष खतिवडाले संचार खवरलाई जानकारी दिनु भएको छ ।