अनेरास्ववियुद्धारा आयल निगम घेराउ,बिप्लब माओबादिले दियो कार्वाहीको चेतावनी ।

0
1168
aakhil aandolan oil negum

फागुन ३० काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराट आयल कम्पनिसँग इन्धन आयातको सम्झौता खारेज गर्न माग गर्दै आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहल घेराउ गरेको छ । विराटलाई बजार मूल्यभन्दा महंगोमा इन्धन बेच्न दिएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै अनेरास्ववियूले निगमको कार्यालय घेराउ गरेको हो ।
घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले बिराटसँगको सम्झौता खारेज नभए सम्म आन्दोलन जारी रहने बताउनु भएको छ ।

aakhil aandolan oil negum
aakhil aandolan oil negum

विहान ९ बजेदेखि ११ बजे सम्म घेराउ गरिएको थियो । निगमको मूल गेटबाट कर्मचारीहरुलाई कार्यालय प्रवेशमा समेत विद्यार्थीहरुले रोक लगाएका थिए । इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउँदै संस्थागत भ्रष्टाचार रोक्न र कालोबजारी अन्त्य गर्न बिद्यार्थीहरुले भाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिनु भएको छ ।
सत्ता साझेदार एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले पनि भ्रष्टाचार र कालोबजारी रोक्न माग गर्दै आन्दोलन गर्दै आएको छ । त्यसै गरि नेत्र बिक्रम चन्द नेतृत्वको माओबादिले पनि बिराट आयल लाई पेट्रोलियम पदार्थ बेच्न दिने सरकारको निर्णका बिरुद्ध आन्दोलनको चेतावनी दिएको छ । उक्त भ्रष्ट्राचार काण्डमा जोडिएकालाई चन्द माओबादीले कार्वाहीको चेतावनी समेत दिए को छ ।