मोर्चाका नेताहरु दिल्ली प्रस्थान, महतो कीन गएनन् ?

0
554

फागुन ३० काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु फेरि भारतको राजधानी नयाँदिल्ली प्रथान गरेका छन्।
तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सह अध्यक्ष हृदयेश त्रिपाठी लगायतका नेताहरु आज नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका हुन् । morcha
नेपाल भारत महिला मैत्री समाजको कार्यक्रममा भागलिन दिल्ली गएको मोर्चा सम्बद्ध नेताले सञ्चारखवरलाई बताएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको आन्तरीक कामका कारण भन्दै दिल्ली गएका छैनन् । उनलाई दिल्ली ले निम्ता नै नदिएको स्रोतले बताएको छ । दिल्ली गएका नेताहरुले त्यहाँका विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने बुझिए पनि भेटवार्ताको बिस्तृत बिबरण भने सार्वजनिक गरिएको छैन ।