होली पर्व आजबाट सुरु,लोला हान्न पाईने भन्दै केटाकेटी हर्षित !

0
794

चैत्र ३ काठमाडौं । हिन्दुहरुको पवित्र पर्व होली आजबाट प्रारम्भ भएको छ । राजधानीको बसन्तपुरमा चीर ठड्याएसँगै होलीको औपचारिक सुरुवात भएको मानिने परम्परा रहेको छ । आज बिहान ७ बजेर ४७ मिनेटमा बिधि पूर्वक चिर ठड्याएसँगै हाली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको चीर ठड्याएसँगै होली पर्वको रौनक देख्न पाईनछ ।holi

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्रनी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णु भक्त प्रह्लादलाई मार्र्ने प्रयास गरेकी होलीकालाई नै भष्म गरेको थियो। यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा सप्तरंगी रंगहरु एक आपसमा लगाई होली खेल्ने गरिएको छ । यो पर्व नेपालमा मात्र नभएर बिश्वभर रहेका हिन्दुहरुले हर्ष र उल्लाषकासाथ मनाउने गरेका छन् । पछिल्लो समय होली पर्व बिकृतपूर्ण बन्दै गएको छ । होली सुरु हुनु भन्दा धेरै अगाड देखि कार्यालय हिंडेकाहरुलाई समेत संग मिसाईएको पानी फ्यांक्ने देखि महिलाहरुलाई रंग र पानी फंक्ने गर्नाले यो पर्वबाट महिलाहरु बढिमात्रामा पिडीत हुने गरेका छन् । साना उमेरका केटा केटीले लोला हानेर हैरान पार्ने गरेका छन् ।