संसदको नियमावली मस्यौदा बनाउने कार्य सुरु !

0
375
संबिधानसभा भवन

चैत्र ३ काठमाण्डौ । दलहरुबीच संसदीय सुनुवाई समितिमा सहमति हुन नसक्दा पटक पटक निष्कर्षबिहिन हुँदै आएको व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारमा जारी बैठकमा उपसमितिले बुझाएको मस्यौदालाई अन्तिम रुप दिन प्रयास गरिने जनाईएको छ ।
गएको फागुन ५ गते बसेको ब्यबस्थापिका संसद बैठकले समितिलाई चौथौ पटक म्याद थप गरी दिएको एक महिनाको समय पर्सि सकिदैछ । ca
प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच संसदीय सुनुवाई समितिको विवादले व्यवस्थापिका संसदको नियमावली बन्न सकेको छैन ।
नयाँ संविधानअन्तर्गत समिति गठन गरी सुनुवाइ प्रक्रिया गर्ने कि पहिलेकैलाई निरन्तरता दिने भन्नेमा दलहरूवीचको विवादले नियमावली निर्माण हुन नसकेको हो ।
सत्तापक्ष एमाले र एकिकृत माओवादीसहितका सांसद नयाँ संविधानले सुनुवाइ समिति १५ सदस्यीय हुने उल्लेख भएकाले पुरानो अनुसार सुनुवाइ गर्न नमिल्ने र चाँडो नियमावली ल्याउने पक्षमा छन ।
विपक्षी कांग्रेस भने अन्य समिति पुरानै भएकाले सुनुवाइ पनि पुरानैअनुसार सञ्चालन गर्नुपर्ने पक्षमा छ ।
समिति सभापति राधेश्याम अधिकारी कांग्रेसका सांसद भएकाले उपसमितिले दुई महिना अघि नै मस्यौदा तयार पारेर बुझाए पनि पारित गर्न नचाहेको अन्य दलका साँसदहरुले आरोप लगाएका छन ।
संसदीय समिति नहुँदा सर्बोच्च अदालतका लागि सिफारिस ११ न्यायधिस र निर्बाचन आयोगका प्रमुख आयुक्तमा सिफारिस अयोधीप्रसाद यादबको सुनुवाई हुन सकेको छैन ।
सभामुख ओनसरी घर्तीले सुनुवाई समिति नभएको भन्दै दुबै सिफारिस फिर्ता गरिदिए पछि न्यायलय र संसदबीच द्वन्द्व बढेको छ । दुबै पक्ष आफ्नो मर्यादा नाघेर तीब्र आरोप प्रत्यारोपमा लागेका थिए ।