कांग्रेसले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र बाँड्ने

0
475

चैत्र ३ काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाणपत्र वितरण गरिँदै छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पदाधिकारीसहित ६१ सदस्यीय केन्द्रीय समिति सदस्यलाई आज दिउँसो ४ बजे प्रमाणपत्र वितरण गर्न लागेको हो ।congress
गएको फागुन २० गतेदेखि २३ गतेसम्म कांग्रेसको १३ औं महाधिवेशन भएको थियो । महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित हुनुभएको छ ।
सभापति देउवाले सभापतिका प्रतिस्पर्धी रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीका आकांक्षी अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षकी आकांक्षी चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रिय सदस्य मनोनित गर्नु हुने भएको छ । देउवाले तत्कालिन सभापति शुशील कोइरालाको निधनको दिनदेखि बिरामी परेका नेता नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्य मनोनयन गर्ने जनाईएको छ ।
सभापतिले २१ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गर्न पाउने कांग्रेसको प्रावधान छ ।