चैत ४ काठमाण्डौ । साताको पाचौ दिन बिहिबार सुनको मूल्यमा वृद्धि भएको छ । हिजो बुधबार प्रति तोला ५६ हजार ४ सयमा कारोबार भएको छापावालसुनको मूल्य आज तोलामा ४ सयले बढेर प्रति तोला ५५ हजार ८ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चांदी व्यवसायी संघले आज बिहिबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार ८ सय ४० रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ६ सय २५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय २६ रुपैयाँ कायम गरेको छ।