कीन जाँदै छन् प्रधामन्त्री चीन भ्रमणमा,के पाउंछ देशले ?

0
625

निरज खतिवडा  चैत ५ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेदेखि गर्ने चीन भ्रमणका एजेण्डा माथिको छलफलाई सरकारले तीब्र बनाएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट नेपालले के पाउला के गुमाउला ? विश्लेषण यस्तो पनि गर्न थालिएको छ, ‘प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट सम्बन्ध सुधार्लान् भन्ने आम अपेक्षा पुरा गर्न सकेनन् भने चीन भ्रमणबाट धेरै नै आश नगर्दा राम्रो ।’ तर, सरकारले भने भ्रमण फलदायी बनाउने प्रयास गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेण्डा कस्ता होलान् त ? चीनलाई के के देलान् र के लिएर आउलान् प्रधानमन्त्री ओलीले ?सुशील कोइराला नेतृत्वको पूर्ववर्ती सरकारले बनाएको बिशिष्ट ब्यक्तिको बिदेश भ्रमण निर्देशिका बिपरित जम्बो टोलीसहित दोस्रो विदेश भ्रमणका रुपमा चीन जान लागेका प्रधानमन्त्री ओलीले आफ्ना एजेण्डाका बिषयमा छलफल सुरु गरेका छन् । चीन भ्रमणको एजेण्डाका बिषयमा बढेको चासोलाई सरकारी एजेण्डाले समेट्ला या नसमेट्ला । या, नेपालले बनाउने एजेण्डालाई बेइजिङले छलफलका लागि स्वीकार गर्ला या नगर्ला ? नेपाल चीनसम्बन्धबारे अध्ययन गर्नेहरुका लागि मात्र होइन, आम सर्वसाधारणका लागि समेत यो चासोको विषय बनेको छ । तर, राजधानीमा सरकारले थालेको यो छलफल अन्य पक्षको कुरा बुझ्नमात्र हो या सांच्चै छलफलको एजेण्डा नै बनाउन ? अझै पूर्ण प्रष्ट नभएपनि ओली सरकारले अनौपचारीक रुपमा छलफल गरेको एजेण्डाहरु यस्ता छन् :flag
एजेण्डा नं. १ व्यापार तथा पारवहन सन्धि गर्ने ।
एजेण्डा नं. २ स्वतन्त्र व्यापार सम्झौता गर्ने ।
एजेण्डा नं. ३ नेपालमा खपत हुने इन्धनको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णय अनुसार चीनसंग इन्धन खरिद सम्झौता गर्ने ।
एजेण्डा नं. ४ नुवाकोटको खैरेनीटार र काभ्रेको पांच खालमा तेल भण्डारण केन्द्र स्थापना गर्ने बिषयमा सम्झौता गर्ने ।
एजेण्डा नं. ५ चिनिया परियोजनाको बिफ्रिङ गर्दै भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको ठोस प्रस्ताव लैजाने ।
एजेण्डा नं. ६ चक्रपथ विस्तार गर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गन छन् ।
एजेण्डा नं. ७ अरनिको राजमार्ग स्तरोन्नती सम्बन्धी प्रस्ताव ।
एजेण्डा नं. ८ क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गर्ने सम्बन्धी प्रस्ताव ।
एजेण्डा नं. ९ काठमाडौं पोखरा रेलवे निर्माण परियोजना सम्बन्धी प्रस्ताव ।
एजेण्डा नं.१० चिनिया सरकारको सहयोगमा वानेश्वरमा बनेको सिभिल अस्पतालको विस्तारसम्बन्धी प्रस्ताव ।
एजेण्डा नं.११ नेपालमा चिनिया एक्जिम बैंकको शाखा स्थापना गराउने ।
एजेण्डा नं.१२ भारतीय सहयोगमा भवन निर्माण भएको मदन भण्डारी कलेजलाई चिनिया सहयोग जुटाउने ।
एजेण्डा नं.१३ नेपालको सीमाक्षेत्रसम्म रेलसेवा विस्तार गर्न प्रस्ताव गर्नेदेखि केरुङ नाका बर्षभरि संचालन, किमाथांका र कोरला नाका खोल्ने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् ।
एजेण्डा नं.१४ गोन्जाउमा महावाणिज्य दूतावास स्थापना गराउने ।
एजेण्डा नं.१५ भूकम्प पीडितलाई आर्थिक र भौतिक सहयोग जुटाउने विषयलाई पनि ओलीले आफ्नो एजेन्डामा राखेका छन् ।
प्रधानमन्त्री ओलीका यी एजेण्डाहरुका कारण पनि उनको भ्रमण औपचारीकतामा मात्रै सीमित हुने देखिन्छ । किनकी चीनले नेपालसंग धेरै बिषयमा सम्झौता गर्न नचाहनुले ओलीको प्रधानमन्त्रीले धेरै छलफल गर्नु नौटङ्की मात्रै हुने देखिएको छ । किनकी चीनले थोरै विषयमा मात्र छलफल गर्न चाहेको छ । र, नेपालमा आजसम्म गरिएका पुराना सहयोगको सदुपयोग कत्तिको भैरहेको छ भन्ने बुझ्न चाहेको देखिन्छ ।
चीनले गर्न चाहेका बिषयहरु भने यस्ता छन् ः
१–सुपुर्दगी सन्धि र आपसी कानुनी सहायता सन्धीको मस्यौदाको प्रस्ताव
२–नेपालको पेट्रोलियम उत्खनन् सम्बन्धी सम्भाव्यता अध्ययनमा लगानी
३–बौद्धिक सम्पती अधिकारसम्बन्धी सहकार्य
काठमाडौंमा जति नै धेरै प्रस्ताव बनाइएपनि बेइजिङले यी तीन वटा बिषयलाई मात्रै प्राथमिकता दिएकाको छ । चिनियाहरुलाई कन्भिन्स गर्न सक्ने तर्कपूर्ण हैसियत बनेन भने प्रधानमन्त्री ओलीको दलबल सहित चीन भ्रमण पनि हातलाग्यो सुन्य हुन सक्छ ।