मोर्चाका नेताले बिन्ती गर्दै चिनिया राजदुतलाई भने ओली मधेश बिरोधी !

0
544

चैत ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भ्रमणको बिरोध गर्दै चिनियाँ राजदूत उ चुन्ताईलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौंको सांग्रिला होटलमा मोर्चाका नेताले चिनियाँ राजदूतलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री ओली मधेसी जनता विरोधी भएको, मधेस आन्दोलन दवाउन प्रमुख भूमिका खेलेको, शान्तिपुर्ण आन्दोलनमा बर्बर दमन गरेका व्यक्ति भएको मोर्चाले चिनियाँ राजदुतलाई जानकारी गराएको सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिए । भेटमा चिनियाँ राजदुतले मोर्चाको धारणा चीन सरकार समक्ष पु¥याउने आश्वासन दिएका थिएको सद्धभावना पाटीका महासचिव मनिस कुमार सुमनले जानकारी दिए । प्रधानमन्त्री ओलीले आईतबारदेखि चीनको भ्रमण गर्दैछन् ।