बेलायती राजकुमार र राष्ट्रपति बिच आज छलफल हुने राजकुमार आजै देखि अवलोकन भ्रमणमा ब्यस्त ।

0
411

चैत्र ७ काठमाडौं । पाँच दिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हृयारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्दैछन् ।  आज बिहान ११ बजे ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी आजै भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुनर्निर्माणबारे जानकारी लिने जाने छन् । यसअघि हिजो अपराहृन काठमाडौं आएका हृयारीले प्रधानमन्त्री केपी ओलीसँग हिजै भेटवार्त गरेका छन् । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र बेलायती राजकुमार हृयारीबीच करिव २० मिनेट कुराकानी भएको थियो ।  हृयारीले बन्तजन्तु संरक्षणबारे चासो राखेका थिए । साथै उनले बेलायतमा गोर्खा सैनिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले कास्कीमा रहेको बेलायती पुर्व सैनिक प्रतिस्ठानको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।