परिक्षण उडान नगरेको बिमानमा चुनौती पुर्ण यात्रा गर्दै प्रधानमन्त्री

0
386

चैत ७ काठमाण्डौ । प्रधानमन्त्री केपी ओली सञ्चालनमै नआएको निजी वायुसेना कम्पनीको उडानबाट चीन जाने भएपछि उनको भ्रमण चुनौती पुर्ण देखिएको छ ।
कानुनी रुपमा कागजात मिलाएर पनि व्यावहारिक रुपमा भने परीक्षण उडानबाटै उनी बेइजिङ जाँदैछन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसँग भएका जाहाजलाई बेवास्ता गर्दै परिक्षण उडान समेत नगरेको हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर उनी चिन भ्रमणमा जान लागेका हुन् । आइतबारदेखि हुने उनको भ्रमणमा चीनसँग गरिने सम्झौताभन्दा जहाज चार्टरको विवादले अगाडी आएको छ ।himalayan air
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाटै हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्ने निर्णय गराएका हुन् । प्रधानमन्त्रीले प्रयोग गर्ने निर्णय गरेपछि हिमालय एयरलाइन्सको जहाज काठमाडौं अवतरणगरेको साता नवित्दै नागरिक उड्डयन प्राधिकरणले एओसी प्रमाणपत्र दिएको छ । प्रधानमन्त्रीले हिमालयन एयसलाईन्सको जहाज चड्ने निर्णय आफ्नै स्वबिबेकले मात्रै गरेका होईनन । उनले चिनिया पक्षको दबावमा उक्त बिमानको प्रयोग गर्ने निर्णयमा पुगेका हुन ।