नेपाल चीन बीच १० बुंदे सम्झौतामा हस्ताक्षर,चिनीया बैंकले नेपालमा शाखा खोल्ने ।

0
573

चैत ८ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौताहरुमा हस्ताक्षर गरीएको हो ।
जसमा पारवहन सम्झौता लगायत पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता पनि रहेको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गर्नु भएको छ ।
यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को पनि सम्झौता भएको छ । यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गर्नु भएको छ । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । आज भएका सम्झौताबाट नेपालको हित हुन बिश्वास गरिएको छ भने पारबहन सम्झौताका कारण नेपाल र भारत बीचको सम्बन्धमा थप चिसोपन आउन सक्ने बिश्लेषकहरुको भनाई रहेको छ ।