चैत ८ बर्दिया । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले सोमबार बर्दियामा जलयात्रा गरेका छन् । राष्ट्रिय निकुञ्ज अवलोकनको सिलसिलामा बर्दिया पुगेका राजकुमारलाई कञ्चन पानी देख्दा जलयात्रा गर्ने मोह बढ्यो जस्को फरस्वरुप उनी ¥याफ्टिङको आनन्द लिन पछि परेनन् । बर्दिया पुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट उनले जलयात्रा गरे । निकुञ्जको गैंडामोचन पोस्टबाट सुरु भएको जलयात्रा बघौरा फाँट पुगेर टुंगिएको थियो । प्रकृतिप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि थारु होमस्टेमा बिताउनेछन् । त्यहाँ थारुका परपम्परागत संस्कृती प्रस्तुत गरिने छ ।
राजकुमार ह्यारी बर्दियापछि लमजुङ र पोखरा पुग्नेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन पछि उनले लमजुङमा पैदलयात्रा पनि गर्ने नेपालस्थित बेलायती दूतावासले जनाएको छ । लमजुङमा रहंदा राजकुमारको स्वागतमा बिभिन्न परम्परागत गुरुङ जातीको संस्कृती झल्कने कार्यक्रम प्रस्तुत गरीने छ । ह्यारी नेपाली कला र संस्कृती प्रेमी समेत रहेका छन् ।