काठमाडौ, १५ चैत । नेपाली कांग्रेसमा संसदीय दलको नेताको निर्वाचन यहि २४ गतेका लागि तय भए पछि दुई नेताको प्रतिस्पर्धा हुने देखिएको छ । कंग्रेस नेता रामचन्द्र पौडेलले आज आफ्नो तयारीका विषयमा जानकारी गराउन र समर्थन जुटाउन सांसदहरुको भेला राख्नु भएको छ । आफ्नै निवास बोहोराटारमा बरिष्ठ नेता पौडेलले भेला राख्नु भएको हो । भेलामा संसदीय दलको चुनावमा उम्मेदवारी दिने वा नदिने भन्नेमा उहाँले सांसदहरुसँग सुझाव लिने बुझिएको छ । आन्तरिकरुपमा पौडेलले दलको नेतामा चुनाव लड्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवा पनि संसदिय दलको नेता बन्ने निर्णयमा पुगेपछि फेरी दुबै जनाको बिचमा प्रतिस्पर्धा हुने देखिएको हो । तर पौडेललाई आफ्नै भित्रबाट दलको नेतामा उम्मेदवारी नदिनेमा दवाव बढेको छ । सभापति देउवाले पनि आफु निकटहरुसँग छलफल जारी राख्नु भएको छ । सभापति एउटा र दलको नेता अर्को हुँदा शक्ति केन्द्र दुईवटा हुने भन्दै देउवा नै उठ्ने निस्कर्ष निस्किएको उहाँ निकटका नेताहरुले सार्वजनिक रुपमै बताउँदै आउका छन् । नेताहरुलाई २४ गते हुने निर्वाचनले छोएपनि कांग्रेसको बिधान संशोधन प्रकृयाका बिषयमा भने पार्टी भित्र आन्तरीक छलफल समेत हुन सकेको छैन । जस्को कारण नेताहरु निित भन्दा नेतृत्व प्रधान भएको पुष्टि हुन्छ ।