पाकिस्तानमा बम हमला ७० को मृत्यु

0
453

चैत १५ काठमाण्डौ एजेन्सी। पाकिस्तानको लाहोरमा एक आत्मघाती बम हमलामा परि कम्तिमा ७० जनाको ज्यान गएको छ भने तीन सयजना भन्दाबढी घाइते भएका छन । लाहोरको गुलशन ए इकबल पार्कमा हमला भएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन ।pak प्रत्यक्षदर्शीले भने आत्मघाती हमला भएको बताएका छन्। हमलाकारीले कम्मरको पेटीमा करिब १० केजीको बिस्फोटक पदार्थ बाँधेर आत्मघाती हमला गरेको ेबताइएको छ ।
आइतबार पार्कमा उल्लेख्य भिड थियो । भिड रोजेर हमलाकारीले बिस्फोट गराएको पाकिस्तानका स्थानीय संचार माध्यमहरुले जनाएका छन । सुरक्षाकर्मीले घटनास्थल कब्जामा लिएर उद्धारमा जुटेको छ। मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् । घटनाको कसैले पनि जिम्मा लिएको छैन ।