चैत्र १६ काठमाण्डौ । सिंहदरबारमा साँझ ५ बजे बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा बरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई नियुक्तीको सिफारिस गर्ने सम्भावना छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले यही महिनाको अन्तिममा उमेर हदका कारण अवकाश पाउदै हुनुहुन्छ । परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरे पनि नियुक्तीको पुर्णता दिने संसदीय बिशेष सुनुवाई समिति नबनेका कारण नियुक्ती प्रक्रियाले तत्काल पुर्णता पाउने छैन । तत्कालका लागी उहाँले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्नुपर्नेछ । दलहरुबीच सुनुवाई समितिको संरचनामा विवाद भएका कारण संसद कार्य सञ्चालन सम्वन्धी नियमावली बन्न सकेको छैन । सुनुवाई समिति नबन्दा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका ११ जनाको नियुक्ती समेत अन्यौलमा परेको छ ।