राष्ट्रिय एकताले मात्रै निकास : मन्त्री खरेल

0
505

चैत्र १६ झापा । कानुन मन्त्री अग्नि खरेलले संविधान निर्माणमा सबै दलले देखाएको सहकार्य र एकता संविधान कार्यान्वयनमा पनि आवश्यक रहेको बताउनुभएको छ । आज बिहान झापाको दमकमा युवा सङ्घ झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको भेटघाटमा मन्त्री खरेलले नेपाली काँग्रेस पनि यही सरकारमा आएर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । नयाँ संविधान जनताको उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन गर्न दलबीच सहकार्य जरुरी भएको औँल्याउनुभयो । भारतसँग भएको केही असमझदारी समाप्त भइसकेको र सम्बन्ध सुधारोन्मुख रहेकाले जनजीवन सामान्य बन्दै जाने बताउनुभयो । प्रधानमन्त्रीको भारत र चीन भ्रमण आपसी समझदारीका लागि फलदायी रहेको भन्दै उहाँले भ्रमणका विषयमा अनावश्यक टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो ।