पत्रकार महासंघ ६१औं बर्षमा प्रबेश

0
328

चैत्र १६ काठमाण्डौ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको ६१ औं स्थापना दिवस आज विबिध कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा महासंघले भृकुटीमण्डपबाट प्रभातफेरि निकालेको छ । यस्तै, महासंघका देशभरका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुले आ–आफ्नो शाखामा बिबिध कार्यक्रम गरेका छन ।महासघंका अध्यक्ष महेन्द्र बिष्टले नेपाली पत्रकारहरू सेल्फ सेन्सरसिपको मारमा परेका बताउनु भएको छ ।journalist स्थापना दिबसको पुर्बसन्ध्यामा बिजप्ती निकाली अध्यक्ष बिष्टले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक बन्दै गइरहेको उल्लेख गर्नुभएको छ । महासंघले गरेको अनुगमनका अनुसार वितेको एक वर्षमा १२६ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको छ । १० हजारभन्दा बढि सदस्य रहेको महासंघले श्रमजीबि पत्रकारहरुको पक्षमा प्रभाबकारी काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो ।