बैद्य माओबादी पार्टी एकताको नजिक

0
523

चैत्र १६ काठमाण्डौ । नेकपा माओवादी क्रान्तिकारीको जारी केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकोे छ । हिजोसम्म ५२ जनाले धारणा राखेका छन् । १९९ जना केन्द्रिय सदस्य रहेकाले सबैको धारणा राख्न अझै केही दिन लाग्ने प्रवक्ता पम्पा भुसालले जानकारी दिनुभयो ।baidha पार्टी एकताको आधार खोज्न भन्दै आहृवान गरिएको बैठकमा एकताको पक्षमा जोड दिइएको छ । सिद्धान्त र विचार टुंगो नलगाई पार्टी एकता गर्दा समस्या हुने भन्दै एकता अघि नै सबै विषय मिलाउनुपर्ने नेताहरुले धारणा राखेका छन् । पार्टीभित्र विवाद भएपछि चार वर्षअघि एकीकृत माओवादीबाट वैद्य माओवादी टुक्रिएको थियो ।जारी केन्द्रिय समिति बैठकले तय गर्ने धारणाको आधारमा एकता प्रक्रियाको ठोस खाका बाहिर आउने नेताहरुले बताएका छन् ।