आन्दोलनको समिक्षा गर्दै सद्भावना

0
405

चैत्र १६ बिराटनगर । सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठक विराटनगरमा जारी छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मधेस आन्दोलनको भावि कार्यदिशा, पार्टी संगठन, पार्टीको राष्ट्रिय महाधिवेसन, वर्गिय मञ्चको सम्मेलन र अधिवेसनका बारेमा छलफल भइरहेको महासचिव मनीसकुमार सुमनले जानकारी दिनुभयो ।
विस्तारित बैठकमा राष्ट्रिय कार्य समितिका सदस्य, सल्लाहकार, केन्द्रिय विभागका प्रमुख, वर्गिय मञ्चका केन्द्रिय अध्यक्ष र जिल्ला अध्यक्षहरु गरी २०० जनाको सहभागिता छ ।sad बैठकमा सहभागीहरुलाई हिजो विभिन्न ५ वटा समूहमा विभाजन गरी छलफल गरिएको र आज ती समूहले निकालेको निष्कर्ष संयुक्त बैठकमा पेश भएको छ । अध्यक्ष राजेन्द्र महतोको राजनीतिक प्रतिवेदमाथि पनि छलफल गरी आजै बैठक टुंग्याउने महासचिव सुमनले जानकारी दिनुभयो ।