चैत्र १६ काठमाण्डौ । नेपाल बिद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी दिनको १ घण्टा लोडसेडिङ घटाएको छ । एसएलसी परिक्षालाई लक्षित गर्दै लोडसेडिङको समय घटाईएको नेपाल विद्युत प्राधिकरणका प्रणाली सुधार तथा संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणले चैत १ गतेदेखि हप्ताको ८४ घण्टा विद्युत कटौती गर्दै आएको थियो भने अब हप्ताको ७७ घण्टा बत्ती आउने छैन । यसका लागि जलाशययुक्त कुलेखानी आयोजनाबाट उत्पादित विद्युत उपयोग गर्ने उहाँले बताउनुभयो ।