यमनमा दैनिक छ जनाको हत्या

0
358

चैत्र १८ काठमाण्डौ एजेन्सी । यमनमा एक बर्ष अघि सुरु भएको साउदी अरेबिया आवद्ध हवाई आक्रमणमा एक दिनमा कम्तीमा छ बालबालिकाको मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । बालकोषले साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेको वर्षदिन पुगेको दिनमा सार्वजनिक गरेको एक प्रतिवेदनमा यस्तो तथ्याङ्क उल्लेख छ ।
यमनको कुनै पनि स्थानमा बालबालिका सुरक्षित नभएको पनि प्रतिवेदनमा जनाइएको छ ।yema सुतिरहेका र खेलिरहेका बालबालिका समेत सुरक्षित नभएको यमनको लागि युनिसेफका प्रतिनिधि जुलिएन हर्नेइजले बताउनु भएको छ ।
साउदी अरेबियाले गत वर्षको मार्च २६ बाट तत्कालीन राष्ट्रपति अबेद रब्बो मन्सुउर हादीको समर्थन र हुथी विद्रोही विरुद्ध हवाई आक्रमण सुरु गरेको थियो ।