देउवा पौडेल वार्ता,बिधान संशोधन नगर्न देउवाको दबाव

0
616
नेपाली काँग्रेश

चैत्र १७ काठमाण्डौ । कांग्रेस संसदीय दलको निर्वाचनका विषयमा देखिएको विवादबारे सभापति शेरबहादुर देउवा पक्षले नेता रामचन्द्र पौडेलसँग छलफल भएकोे छ । पौडेल निवास बोहराटारमा भएको छलफलमा दलको नेता र कार्यसमिति नभएका बेला पार्टी विधान संशोधनको अडान जायज नभएको भन्दै देउवा पक्षले नेता पौडेललाई मनाउने प्रयास गरेकोे छ ।विधान संशोधन गरेर मात्र चुनाव गर्नुपर्ने अडानमा रहेका पौडेल र देउवा पक्षीय नेताहरुबीच विवाद समाधानको प्रयासमा छलफल केन्द्रीत भएको हो । पौडेललाई मनाउन सभापति देउवाले नेताहरु बिमेलन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठलाई जिम्मा दिनुभएको छ । कांग्रेसले यही चैत्र २४ गते संसदीय दलको निर्वाचन गराउने तालिका सार्वजनिक गरिसकेको छ । देउवा पक्षले पहिले संसदीय दलको नेता र कार्यसमिति चयन भएपछि मात्र विधान संशोधन गर्नुपर्ने बताए पनि पौडेल पक्ष भने तत्काल विधान संशोधन हुनुपर्ने अडानमा रहेको छ ।