१९,चैत । उत्तर कोरियाको आणविक हतियार प्रक्षेपण रोक्नेबारे चीन र अमेरिका एक साथ अघि बढ्न सहमत भएका छन् । अमेरिकामा भइरहेको शिखर सम्मेलनमा चिनियाँ समकक्षी सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको वार्ताले उत्तर कोरियाले गरिरहेको आणविक हतियार प्रक्षेपण रोक्न सहमत भएको बिबिसीले जनाएको छ ।
उत्तर कोरियाले जारी राखेको परमाणु परीक्षणको काम रोक्न दुबै देशले संयुक्त पहल गर्ने सहमति भएको राष्ट्रपति ओबामाले बताउनुभएको छ ।उत्तर कोरियाको निरन्तर आणविक शक्ति प्रर्दशनले पश्चिमा राष्ट्रमा सुरक्षा खतरा बढेको चीन र अमेरीकाको निष्कर्ष छ । राष्ट्रसंघले उत्तर कोरिया माथि लगाएको प्रतिबन्ध कडाईका साथ लागु हुनुपर्ने दुबैदेशको भनाई छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दी लगाइसकेको छ ।