मन्त्रीपरिषदे बैठक बस्दै ।

0
314

काठमाण्डौ, १९,चैत । मन्त्रीपरिषदको बैठक बसीरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समीक्षा र मन्त्रालयगत एजेण्डामा छलफल भइरहेको जनाईएको छ । बजेट अधिबेशन, भुकम्पपछिको पुननिर्माण, आपुर्ति ब्यबस्थापनका बिषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन । बैठकमा भारत र युरोपियन युनियनले नेपालको संबिधान अपूर्ण रहेको भन्दै निकालेको संयुक्त बिज्ञप्तीको बारेमा पनि छलफल हुनेछ ।भूकम्प पछिको पुननिर्माण र भारतले गरेको नाकाबन्दी खुलेको लामो समय भइसक्दा पनि ईन्धन र ग्याँस सहज नभएको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्थताका कारण हिजोको लागि बोलाइएको बैठक आजलाई सारिएको हो ।