लम्बियो बैद्य नेतृत्वको क्रान्तिकारी केन्द्रिय समिति बैठक।

0
510

१९, चैत । एकताको आधारबारे बिबादमा रुमलिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीकोे केन्द्रिय समिति बैठक लम्बिएको छ। एकताको आधारका बारेमा सबै सदस्यले धारणा राख्न चाहेकाले बैठक अझै तीन दिन चल्ने नेता सीपी गजुरेलले जानकारी दिनुभयो । कुपन्डोलस्थित माओबादी नेवा राज्य समिति कार्यालयमा अघिल्लो शुक्रबारदेखि जारी केन्द्रीय समितिमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनभन्दा भिन्न देखिनेगरी सचिवालय सदस्य रामबहादुर थापाले छुट्टै प्रस्ताव पेश गरेपछि मतभेद थप चुलिएको हो ।थापाले एकीकृत माओवादीसहित सबै माओवादी विचारधारा राख्ने पार्टी र संगठनसँग विनाशर्त एकता गर्नुपर्ने भन्दै प्रस्ताव गर्नुभएको छ ।बैद्य पक्षले भने सिद्धान्तनिष्ठ एकतामा कम्युनिस्ट पार्टीले जोड दिनुपर्ने भन्दै एकिकृत माओवादीसग एकताको विषयलाई लिएर पहिले आफ्नै दलभित्र एकता हुनुपर्नेमा जोड दिँदै आएको छ । १९९ सदस्यीय केन्द्रिय समितिमा एक सयभन्दा धेरैले धारणा राखिसकेका छन ।२०६९ असार ४ गते एकिकृत माओवादीबाट फुटेको बैद्य माओबादीले दोस्रो संबिधानसभा बहिष्कार गरेको थियो ।