भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा पुष्प मेला जारी ।

0
545

 १९,चैत। पुष्प व्यवसायको प्रचार–प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा पुष्प मेला जारी छ ।पर्सीसम्म चल्ने मेलामा ६४ ओटा स्टल रहेका छन् ।मेलामा ४५० भन्दा बढी प्रजातिका फूल तथा बोट–बिरुवाहरुको प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् ।मेला ५५ हजार बराबरले अवलोकन गर्ने र ६५ लाखभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजक फ्लोरिकल्चर एशोसियशनले लिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालकोआयोजनामा हरेक वर्ष फ्लोरा एक्सपो हुँदै आएको छ ।गएको वर्ष १ अर्ब ३४ करोडभन्दा बढीको पुष्पजन्य उत्पादनको कारोबार भएको एशोसियशनले जनाएको छ ।वार्षिक १० देखि १५ प्रतिशतका दरले आन्तरिक माग बढ्दै गएको जनाइएको छ ।