चैत्र २० काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी हट्दा पनि इन्धन र ग्यासको आपुर्ति सहज नभएको भन्दै असन्तुष्टी ब्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ र नेपाल महिला संघका प्रतिनीधिहरुको ज्ञापन पत्र बुझ्दै उहाँले नाकाबन्दी नरहेको बेला पनि इन्धन र ग्यासको आपूर्ती असहज भैरहनु सरकारलाई सैह्य नहुने बताउनुभयो ।
तस्करी र कालाबजारी नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल गरिरहेको भन्दै ओलिले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको दोहो¥याउनुभयो ।
सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन गर्यो भन्ने हल्ला गलत भएको भन्दै उहाँले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली कांग्रेससंग परामर्श गरिने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका भ्रातृ संस्था नेबि संघ, तरुण दल र महिला संघले कालोबजारी नियन्त्रण गर्न सरकारले उदासिनता देखाएको र भुकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीका विरुद्ध ज्ञापन पत्र बुझाएका हुन ।
विद्यार्थी संगठनले भोलि देशभरका जिल्ला सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन गर्ने र स्ववियु निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयलाई आग्रह गर्नेे कार्यतालिका सार्वजनिक गरिसकेको छ ।