बारको नयाँ नेतृत्वका लागि मतदान जारी

0
384

चैत्र २० काठमाण्डौ । नेपाल बार एशोसियशनको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।
सर्वोच्च अदालतको प्राङगणमा जारी निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूह बिच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा शेरवहादुर केसी र प्रगतिशील समूहबाट विजयकान्त मैनाली उम्मेदवार हुनुहुन्छ । bar
बिहान ८ बजेबाट सुरु भएको निर्वाचन दिउँसो ४ बजेसम्म चल्ने प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले जानकारी दिनुभयो ।
पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । बारका देशभरबाट गरी ९ हजार ५ सय २२ मतदाता छन् । बारको नयाँ कार्यसमिति चयनका लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ ।