चैत्र २० काठमाण्डौ । यहि १४ गते चिन जानुभएका प्रधान सेनापति राजेन्द्र क्षत्री आज स्वदेश फर्किनुभएको छ ।
सप्ताहव्यापी आफ्नो चिन भ्रमण सकेर उहाँ आज बिहान ११ बजे स्वदेश आइपुग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिन भ्रमणमा रहेका बेला प्रधानसेनापति क्षत्रीले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फ्याङ् फेङ्गुई, लिडर अफ वेष्र्टन कमाण्ड लगायत उच्च अधिकारी सगँ भेटवार्ता गर्नुभएको थियो ।
उहाँले चीनको एयर डिफेस्न्स , बिग्रेड लगायत चीनका विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुकोे पनि निरीक्षण गर्नुभयो ।