सिरिया र यमनको मुद्धा सुरक्षा परिषदले हेर्ने

0
333

चैत्र २० । राष्ट्रसंघीय सुरक्षा परिषदले सिरिया र यमनको विषयमा भइरहेको प्रगतिका मुद्दा हेर्ने भएको छ । अप्रिल महिनामा राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्षता चीनले गर्दैछ । यसै महिनादेखि नै चीनको अध्यक्षताको परिषदले सिरिया र यमनमा भइरहेको प्रगतिका बारेको मुद्दा हेर्ने भएको हो । परिषदले अन्य मध्यपूर्वी राष्ट्रहरुका आन्तरिक द्वन्द्वको मुद्दा पनि हेर्ने भएको बताइएको छ ।UN चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र हो । सिरियामा जारी रहेको युद्धविराम, शान्ति स्थापनाका लागि गरेका विभिन्न प्रगतिका साथै सिरियामा प्रयोग गरिएको भनिएका घातक हतियारको बारेमा पनि परिषदले अध्ययन गर्नेछ । अप्रिल महिनाका लागि सुरक्षा परिषदको अध्यक्ष रहनु हुने चिनियाँ लिउ च्यै ले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिनुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
सिरियामा पनि पछिल्लो समय संयुक्त राज्य अमेरिका र रसियाको प्रयासमा युद्धविराम भएको छ र शान्ति वार्ताका लागि जेनेभामा प्रयासहरु जारी रहेका बताइएको छ । परिषदमा १० अस्थायी र पाँच स्थायी गरी १५ सदस्य राष्ट्र छन् । परिषदको अध्यक्षता ति राष्ट्रमध्येबाट अङ्ग्रेजी अक्षरको वर्णानुक्रमानुसार हरेक महिना एक सदस्यले गर्ने गर्दछ ।