चैत्र २० एजेन्सी । पाकिस्तानमा इज्जतका नाममा १ वर्षको अवधिमा १ हजार १ सय महिलाको हत्या गरिएको तथ्य सार्वजनिक भएको छ ।
इज्जतका नाममा ८८ जना पुरुष पनि मारिएका छन् ।
२०१५ को प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोगले ८ सय ३३ जना महिलाको अपहरण गरिएको पनि जनाएको छ ।
यस्ता अपराधमा संलग्नहरुमाथि कार्वाहीको घटना भने अत्यन्तै न्यून रहेको आयोगले जनाएको छ ।
९ सय ३९ महिला शारीरिक हिंसाको शिकार हुँदा ७ सय ७७ महिलाले आत्महत्याको कोशिश गरेको पनि जनाइएको छ ।
यसैगरी मृत्युदण्डको सजायँलाई फेरि लागू गरिएपछि ४७ जना महिला फाँसीका लागि प्रतीक्षा सूचीमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।